चोरीको मोबाइलसहित दुईजना पक्राउ

अशोज ८, २०७८ मा प्रकाशित | 377 views

काठमाडौँ । प्रहरीको महानगरी अपराध महाशाखाले भारतबाट चोरी गरी ल्‍याएको आरोपमा मोबाइलसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बर्दिबास नगरपालिका-१४ घर भइ काठमाडौं शंखमुल बस्‍दै आएका २१ वर्षीय आकाश कार्की र बर्दिबास नगरपालिका-१४ घर भइ हाल काठमाडौं महानगरपालिका-३१ जडिबुटी बस्‍दै आएका २१ वर्षीय अमित कुमार महतो रहेका छन् ।

भन्सार छलेर चोरी पैठारी गरी ल्‍याइ कारोबार गरेको भन्‍ने सूचनाको आधारमा उनीहरुलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

महाशाखाले उनीहरुको साथबाट आइफोन, सामसुङ, लाभा, ओप्पो र रियल मी कम्पनीका ६१ थान मोबाइल बरामद गरेको छ जसमा भिभो कम्पनीको मोबाइल १२ थान, ओप्पो कम्पनीको मोबाइल ११ थान, सामसुङ कम्पनीको मोबाइल १० थान, रेडमी कम्पनीको मोबाइल ९ थान, एप्पल कम्पनीको मोबाइल ८ थान, रियल मी कम्पनीको मोबाइल ४ थान, एमआइ मोबाइल कम्पनीको मोबाइल ३ थान, भिटु, हुवावे र टेको कम्पनीको मोबाइल १/१ थान रहेका छन् ।

पक्राउ परेका उनीहरुलाई आवश्‍यक कार्बाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय भन्सार कार्यालय गौचरण पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web