पहिरोको कारण पृथ्वी राजमार्ग अवरुद्ध

अशोज ६, २०७८ मा प्रकाशित | 409 views

चितवन । लगातार वर्षापछि मंगलबार राति पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-४ घोप्टे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बाटो दुईतर्फी नै अवरुद्ध भएको छ ।

मध्य रातमा पहिरो गएको थियो । अहिले बुधबार बिहान पौने ५ बजेबाट पहिरो पन्छाउन थालिएको छ । सडक खुलाउन ३/४ घण्टा लाग्न सक्ने चितवन जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । ८/९ बजेयता बाटो खुल्ने सम्भावना नरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web