सुनको भाउ ३ सय रुपैयाँले बढ्यो

अशोज ५, २०७८ मा प्रकाशित | 458 views

काठमाडौँ । केही दिन लगातार घटेको सुनको भाउ आज भने केही बढेको छ ।

आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर ८९ हजार २ सय रुपैयाँमा पुगेको छ । हिजो सुनको भाउ ८८ हजार ९ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले रुपैयाँले बढेर ११ सय ४० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web