करेन्ट लागेर एक जनाको मृत्यु

अशोज ३, २०७८ मा प्रकाशित | 373 views

करेन्ट लागेर एक जनाको मृत्यु

दाङ । करेन्ट लागेर दाङको दङ्गीशरण गाउँपालिका–७ बुटनियामा एक युवतीकाे ज्यान गएकाे छ ।

करेन्ट लागेर २२ वर्षीया युवती प्रमिला चौधरी ज्यान गएको हाे।

घरमा पानी मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी प्रमिलाको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

चौधरीलाई आज बिहान करेन्ट लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web