ढिलासुस्ती हुँदा कतारले नेपालबाट प्रहरी भर्ना लिन मानेन

भदौ ३१, २०७८ मा प्रकाशित | 516 views

काठमाडौँ । कतारले नेपालबाट लिने भनेको कतार प्रहरीको माग रद्द गरेको छ । अहिलेलाई कतार प्रहरीमा नेपाली भर्ना नगर्ने कतारले प्रष्ट पारेको छ ।

कतारले अघिल्लो वर्ष नै नेपालबाट प्रहरीको लागि माग भइ आएकोमा नेपाल सरकारले तदारुकता नदेखाउँदा त्यो माग अन्तैबाट पूर्ति गरेको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

कतारको आन्तरिक मन्त्रालयबाट नेपालको अल तकेत ओभरसिज कम्पनीमार्फत कतार प्रहरीको लागि दुई सय जना भर्ना लिने भनि दूतावासमा मागपत्र प्रमाणीकरणको लागि पेस गरेको थियो । दूतावासका अनुसार गएको २९ अगष्टमा त्यो मागपत्र प्रमाणीकरण गरि कतारको सम्बन्धित मन्त्रालयमा पठाइएको थियो । तर सेप्टेम्बर १४ मा कतारको आन्तरिक मन्त्रालयले त्यो माग अन्तैबाट पूर्ति गरिसकेको भनेर सूचना जारी गरेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web