एकैपटक ८५ सहसचिवको सरुवा (नामावलीसहित)

भदौ २९, २०७८ मा प्रकाशित | 393 views

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले एकैपटक ८५ सहसचिवको सरुवा गर्ने निर्णय गरेका छन् ।

देउवाले मंगलबार मन्त्री स्तरको निर्णयबाट सहसचिवहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेका हुन् ।

विभिन्न मन्त्रालयका साथै प्रदेशका सचिवहरूको समेत सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मंगलबारको सरुवामा २९ जना सहसचिवहरुलाई प्रदेशमा सरुवा गरिएको छ भने एकजना सहसचिवलाई फाजिल अर्थात् जगेडामा राखिएको छ ।

कसलाई कुन प्रदेशमा खटाइयो ?
बद्रीराज ढुङ्गाना, गण्डकी प्रदेश
दिवेश मणि त्रिपाठी, सुदूरपश्चिम प्रदेश
अणप्रसाद न्यौपाने, कर्णाली प्रदेश
वैकुण्ठ प्रसाद अर्याल, गण्डकी प्रदेश
दीपक शर्मा, गण्डकी प्रदेश
हरि बहादुर केसी, गण्डकी प्रदेश
रामानन्दन तिवारी, प्रदेश नम्बर १
नम्रता सिंह, प्रदेश नम्बर २
डा. शान्ता कार्की, लुम्बिनी प्रदेश
डा. शरण कुमार पाण्डे, बागमती प्रदेश
मदन सिंह धामी, सुदूरपश्चिम प्रदेश
मोहनराज चापागाई, प्रदेश नम्बर १
अशोक कुमार साह, बागमती प्रदेश
गणेशराज वस्ती, कर्णाली प्रदेश
अमृत श्रेष्ठ, लुम्बिनी प्रदेश
प्रेम कुमार सिंह, प्रदेश नम्बर २
रुद्रसिंह तामाङ, बागमती प्रदेश
कालीप्रसाद पराजुली, प्रदेश नम्बर १
ज्ञानेन्द्र पौडेल, गण्डकी प्रदेश
यमलाल भुसाल, बागमती प्रदेश
शिवराम न्यौपाने, बागमती प्रदेश
सुमन दाहाल, प्रदेश नम्बर १
खोमराज कोइराला, लुम्बिनी प्रदेश
धनीराम शर्मा, बागमती प्रदेश
जितेन्द्र बस्नेत, लुम्बिनी प्रदेश
गजेन्द्र कुमार ठाकुर, प्रदेश नम्बर २
झक्क प्रसाद आचार्य, कर्णाली प्रदेश
सागर आचार्य, गण्डकी प्रदेश
स्किम श्रेष्ठ, बागमती प्रदेश

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेर काम गरिरहेका रामबन्धु सुवेदीलाई भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मा दिइएको छ ।

त्यसैगरी प्रदेश नम्बर २ को खानेपानी तथा उर्जा मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालिरहेका सहसचिव रामआधार साहलाई भने संघको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत रहने गरी फाजिल अर्थात् जगेडामा राखिएको छ । साह गएको असार ३१ गतेमात्रै त्यहाँ सरुवा भएर गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web