संसद्को अवरोध हटाउन सभामुखले भोलि शीर्ष नेताहरूसँग छलफल गर्ने

भदौ २७, २०७८ मा प्रकाशित | 401 views

काठमाडौँ । संसद् बैठकमा भइरहेको अवरोध हटाउनका लागि प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकाेटाले सर्वदलीय बैठक बोलाउनुभएको छ ।

सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलका संसदीय दलका नेताहरूसँग भोलि साेमवार दिउँसो साढे २ बजे छलफल गर्न लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

बैठकमा संसद् बैठकमा नेकपा एमालेले गरेको अवरोध हटाउने र अन्य समसामयिक राजनीतिक विषयमा छलफलका लागि सभामुखले बैठक बोलाउनुभएको हो ।

नेकपा एमालेले लगातार तेस्रो दिन आज पनि संसद् बैठकमा नाराबाजी गर्दै अवरोध गरेको छ । गएकाे शुक्रवार नाराबाजीकै बीचमा केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट प्रतिस्थापन गरेर सरकारले सदनमा नयाँ बजेट पेस गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web