४० जना निजामती कर्मचारी सम्मानित हुँदै

भदौ २२, २०७८ मा प्रकाशित | 597 views

काठमाडौँ । आज निजामती कर्मचारी दिवस मनाइँदै छ । दिवसका अवसरमा ४० जना निजामती कर्मचारी सम्मानित हुँदै छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । जसअनुसार १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र३० जनालाई निजामती सेवा पुरुस्कार प्रदान गर्न लागिएको हो ।
दुई लाख पुरस्कार राशि रहेको सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कारका लागि भने यो वर्ष पनि कोही छनोट भएको छैन । उत्कृष्ट निजामती कर्मचारी पुरस्कारको राशि एक लाख र निजामती कर्मचारी सेवा पुरस्कारको एक लाख रहेको छ । ०७३ साल यता यो पुरस्कारका लागि कोही छनोट भएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web