उपमेयरसहित एमालेका ६ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

भदौ २१, २०७८ मा प्रकाशित | 458 views

प्युठान । प्युठानमा उपमेयरसहित नेकपा एमालेका ६ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

प्युठान नगरपालिकाकी उपप्रमुख शान्ता आचार्य, कार्यपालिका सदस्य चित्रकली नगरकोटी, वडा नम्बर ९ का सदस्यद्वय निमबहादुर घर्तीमगर र राजेन्द्र केसीले सोमबार एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

यस्तै सरुमारानी गाउँपालिकाका कार्यपालिका सदस्य मोहम्मद हलिम र टंक सुनारले पनि जिल्ला निर्वाचन कार्यालय प्युठान पुगेर एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

मंगलबारसम्म दल रोज्ने समय भएकाले एमालेका अन्य जनप्रतिनिधिहरु पनि आउने एकीकृत समाजवादी प्युठानका अध्यक्ष भोवविक्रम बुढामगरले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web