भन्सार छलेर ल्याएको ७६ लाखको औषधि बरामद

भदौ १९, २०७८ मा प्रकाशित | 364 views

सिरहा । सिरहामा भारतबाट भन्सार छलेर ल्याएको ७६ लाख रुपैयाँ बराबरको औषधि बरामद गरेको बताएको छ ।

लहान नगरपालिका–१९ स्थित कटहा चोकबाट लु १ स ८००७ नम्बरको अटो रिक्सामा ल्याइँदै गर्दा औषधि बरामद भएको प्रहरीले जनाएको छ । चेकजाँच गर्ने क्रममा रिकल–के २–७ १५ कार्टुन, ओथोकल ट्याब्लेट १० कार्टुन र केयरकल ट्याब्लेट ५ कार्टुन बरामद भएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले बताए ।

७५ लाख ५६ हजार मूल्य बराबरको उक्त औषधि भन्सार कार्यालय ठाडीमा बुझाइएको र यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web