तयार भयो विद्यार्थीलाई गृह शिक्षकको व्यवस्था गर्ने निर्देशिका

भदौ १८, २०७८ मा प्रकाशित | 408 views

तयार भयो विद्यार्थीलाई गृह शिक्षकको व्यवस्था गर्ने निर्देशिका

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गृह विद्यालय (होम स्कूलिङ)को अवधारणा कार्यन्वयनका लागि गृह विद्यालय व्यवस्थापन सहजीकरण सामग्री २०७८ तयार गरेको छ ।

विषम परिस्थिति तथा प्रत्यक्ष रुपमा विद्यालयमा उपस्थित भइ शिक्षण सिकाइ गर्न नसकिने परिवेशमा घरमा नै बसेर सिकाइलाई निरन्तरता दिइ तोकिएको सिकाइ उपलब्धि तोकिएकै समयमा प्राप्त गर्न सघाउ पुर्‍याउने उद्देश्यले सामग्री तयार पारेको केन्द्रले जनाएको छ ।

बालबालिकाको सिकाइ सहजीकरणमा अभिभावकलाई सहभागी गराई सिकाइमा सुधार गर्न नयाँ विधि र प्रक्रियालाई प्रयोग गर्दै बालबालिकाको पहिलो पाठशाला र अभिभावक पहिलो शिक्षक भन्ने अवधारणालाई स्थापित गर्न, सिकाइलाई दैनिक जीवन, व्यवहार र श्रमसँग जोड्नु, सीप विकास गर्न गृह विद्यालय व्यवस्थापन सहजीकरण सामाग्री, २०७८ तयार गरिएको केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web