मनसुनको आगमन सँगै दोधारा चाँदनीको कुतियाकवरमा बाढीको त्राश

असार ५, २०७३ मा प्रकाशित | 845 views

पप्पु गुरुङ्, ५ असार, दोधारा चाँदनी / कञ्चनपुर । बिगतमा असारको पहिलो साता आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनीको कुतियाकबर लगाएतका क्षेत्रमा त्राशद्धी मच्चाए संगै मनसुनको आगमनले स्थानियहरुमा बाढीको त्राशद्धी छाएको छ् । आकाशमा कालो बादल संगै पानी पर्न थाले पछि दोधारा चाँदनीनगरपालिका वडा नं. १० कुतियाकबर, शान्तिटोल, सुन्दरनगर, १९ नं. पिल्लर लगाएत क्षेत्रमा बिगतका बाढीको त्राशद्धी छाउन थालेको हो । बिगतका दिनहरुमा कुतियाकबरमा लगाएत क्षेत्रका स्थानियहरु बाढीको कारण बिद्यालयमा शरण लिन बाध्य भएको थिए । महाकाली नदी र जगबुडा नदी दोभानमा बस्दै आएका परिवारले सुरक्षित बासस्थानको माँग गर्दै आए पनि समस्याको समाधान हुन सकेको छैन । “मनुसन आउन लागिसक्यो, अब कहाँ बस्ने हो ?” दोधारा चाँदनी वडा नं. १० का गगन खत्रीले भने । उचित बासस्थानको व्यवस्था कतैबाट नहँुदा वर्षातमा कहाँ जाने भन्ने समस्याले च्याप्न थालेको छ् । “गासका लागि दैनिक मजदुरी गरी गुजारा चलाइरहेका छांै,” अर्का बाढी पिडित माया सुनारले भनिन् । महाकाली नदी र जगबुडा नदीको किनारमा बसेका स्थानियहरु अहिले मनसुनको आगमन संगै पर्न थालेको पानीले गाँस भन्दा बासको चिन्ताले बाढी पिरोल्न थालेको छ् । “कुतियाकबरको नेपाल–भारत सिमा संगै जोडिएको क्षेत्रका भारतिय नागरिकलाई त्यहाको सरकारले अर्को क्षेत्रमा लगेर पुन:स्थापना गरिसक्यो तर हामीले सभासद लगाएत सरोकारवाला सबै संग ब्यवस्थापन लगाएतका माँग राख्दा समेत अझै सम्म कुनै प्रकारको सुनुवाई समेत भएन्” स्थानिय शिक्षक टंकलाल जोशीले भने । वर्षातमा बालबालिका, गर्भवती र वृद्ध वृद्धालाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ता रहेको उनको भनाइ छ । बिगतमा बाढीले कुतियाकबर क्षेत्रमा ८ जनाको ज्यान लिएको थियो भने लाखौको धनमाल क्षती भएका थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web