महाकाली झोलुङ्गे पुल क्षेत्रमा सोन्दर्यकरण गरिने

असार ४, २०७३ मा प्रकाशित | 1020 views

<p>पप्पु गुरुङ्ग, ४ असार, दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनी स्थित महाकाली झोलुङ्गे पुल सोन्दर्यकरणको लागी स्थानिय स्तरमा उपभोक्ता समिति गठन गरिएको छ् । नेपाल पर्यटन बोर्ड कोहलपुर, बाँकेको सहयोगमा महाकाली झोलुङ्गे पुल सोन्दर्यकरणका लागी पार्कको गेट निमार्ण तथा ६ वटा सिमेन्टेड आराम बेन्च निर्माण गरिने भएको पुल सोन्दर्य उपभोक्ता समितिका संयोजक सरोज चन्दले जानकारी दिनुभएको छ् । महाकाली झोलुङ्गे पुल हेर्ने पर्यटकहरुका लागी पुलको सोन्दर्यकरण बढाउन उक्त निमार्ण थालिएको बताईएको छ् । आज एक कार्यक्रमको बिच बिधिवद रुपमा निर्माण कार्यको उद्धघाटन गरिएको उपभोक्ता समिति सदस्यहरुले जनाएका छन् ।&nbsp; दोधारा चाँदनी नगरपालिका वडा नं. ४, महाकाली झोलुङ्गे पुल क्षेत्रमा पुल सोन्दर्यकरणका लागी पार्कको गेट निमार्ण तथा ६ वटा सिमेन्टेड आराम बेन्च निर्माणको लागी दातृ निकाय नेपाल पर्यटन बोर्ड कोहलपुर, बाँकेले रु. ५ लाख रकम बिनियोजन गरेको हो । <br><br><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web