घर पुरिँदा बालिकाको मृत्यु

भदौ १६, २०७८ मा प्रकाशित | 387 views

अर्घाखाँची । पहिरोले घर पुरिँदा अर्घाखाँचीमा एक बालिकाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

पाणिनी गाउँपालिका वडा नम्बर ७ अडगुरीमा पहिरोमा पुरिएर जीवलाल सुनारकी ९ वर्षकी छोरी झरनाको ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्बरबहादुर थापाले जानकारी दिनुभयो । निरन्तरकाे वर्षा पछि गएराति खसेको पहिरोले सुनारको घर पुरेको हो ।

पहिरोमा परेर जीवलालका छोरा र दुई जना छिमेकी घाइते भएका छन् । स्थानीय मेडिकलमा उपचार गराइरहेका उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web