प्रधानमन्त्रीद्वारा फोहोर व्यवस्थापन गर्न निर्देशन

भदौ १५, २०७८ मा प्रकाशित | 408 views

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले उपत्यकामा थुप्रिएको फोहोर उठाउन निर्देशन दिएका छन् ।

उनले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाई काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई जतिसक्दो चाँडो उपत्यकाको फोहोर उठाउन निर्देशन दिएका हुन् । उनले अरू निकायसँग समन्वय गरेर फोहोर व्यवस्थापन गर्न निर्देशन दिए ।

प्रमुख शाक्यले प्रधानमन्त्री देउवालाई काठमाडौंको फोहोर दीर्घकालीन रूपमा व्यवस्थापन गर्नुपर्ने माग राखेर पत्रसमेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web