स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको ब्यापक हेरफेर

भदौ १४, २०७८ मा प्रकाशित | 319 views

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरिएको छ । स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार स्वास्थ्य मन्त्रालयले मन्त्रालय अन्तर्गतका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ ।
परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमलाई व्यवस्थापन महाशाखा पठाइएको छ भने खोप शाखामा सागर दाहाललाई ल्याइएको जनाइएको छ । दाहाल व्यवस्थापन शाखामा कार्यरत हुनुहुन्थ्यो ।
स्वास्थ्य मन्त्रालयका अनुसार परिवार कल्याण महाशाखाका निर्देशक डा. तारा पोखरेललाई सार्क क्षयरोग केन्द्रमा पठाइएको छ । क्षयरोग केन्द्रका निर्देशक डा. विवेकलाल कर्णलाई परिवार कल्याण महाशाखाको निर्देशकमा सरुवा गरिएको छ ।
यसैगरी क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. अनुज भट्टचनलाई कर्णाली प्रदेश निर्देशनालयमा सरुवा गरिएको छ । भट्टचनको ठाउँमा डा. प्रकाश शाहलाई ल्याइएको स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिनुभयो ।
त्यस्तै भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा. कृष्ण पौडेललाई नियुक्त गरिएको छ । सो अस्पतालका मेसु डा. रोशन न्यौपानेलाई गजेन्द्र नारायण स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा सरुवा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web