नेप्से ४८ दशमलव ८४ अङ्कले घट्यो

भदौ १३, २०७८ मा प्रकाशित | 397 views

काठमाडौँ । हप्ताको पहिलो दिन शेयर बजार राताम्मे भएको छ । नेप्से आज आइतवार ४८ दशमलव ८४ अङ्कले घटेर तीन हजार ४५ दशमलव २० विन्दुमा झरेको छ ।

आज फाइनान्सबाहेक अरू सबै समूहको शेयर घटेको छ । बैंकिङ समूहको शेयर ३० अङ्कले घटेको छ । यस्तै विकास बैंक समूहको ५३, व्यापारको ६२, होटलको ३१ र माइक्रोफाइनान्स समूहको शेयर एक सय १५ अङ्कले घटेको छ ।

यस्तै जलविद्युत् समूहको शेयर ८९ अङ्कले, जीवन बीमा समूहको तीन सय चार अङ्कले, निर्जीवन बीमाको दुई सय ५३, उत्पादनको ३८, अन्यको ३६ र लगानी समूहको शेयर दुई अङ्कले घटेको छ ।

आज रुरु जलविद्युत् कम्पनीको शेयर १० प्रतिशले घटेर नकारात्मक सर्किट लागेको छ । समग्र बजार घटे पनि नारायणी विकास बैंक र खानीखोला जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज दुई सय २७ कम्पनीका दुई करोेड ४८ लाख कित्ता शेयर १५ अर्ब ६५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको एक अर्ब ३१ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web