कुखुरा फर्ममा आगलागी हुँदा लाखौँको क्षति

भदौ १२, २०७८ मा प्रकाशित | 400 views

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ मा रहेकाे संगीता कृषि फर्ममा गएराति दुई बजे आगलागी हुँदा लाखाैँ रुपैयाँ बराबरकाे क्षति भएको छ ।

संगीता कृषि फर्ममा राति अचानक घरबाट आगलागी हुँदा दुईवटा घर, एक हजार दुई सय कुखुरा, पानी तान्ने मोटर १ थान,भवलेटर १ थान, पंखा १२ थान, कुखुराका दाना, ६० हजार नगद लगायत दश लाख रुपैयाँ बराबरको क्षति भएकाे जनाइएकाे छ ।

आगलागी हुँदा बाटो नभएका कारण आगो निभाउन दमकल आउन नसकेको फर्मका सञ्चालक चन्द्रभुषनकुमार सिंहले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web