अध्यादेशविरुद्धको रिट संवैधानिक इजलासमा

भदौ ११, २०७८ मा प्रकाशित | 395 views

काठमाडौँ । राजनीतिक दलसम्बन्धी अध्यादेश संविधानसँग बाझिएको र संवैधानिक मर्म विपरित जारी गरिएको भन्दै सर्वोच्च अदालतमा दर्ता भएको निवेदन संवैधानिक इजलासका पेशीमा चढेको छ ।

तर यसअघिका निवेदनहरुकै चाङ भएकाले ती निवेदन शुक्रबार सुनुवाई हुने सम्भावना कम भएको सर्वोच्च अदालत स्रोतले बतायो । ती निवेदनहरुभन्दा अघि अरु २०-२२ वटा निवेदनहरु सुनुवाई गर्नुपर्ने भएकाले छिटोमा अर्को शुक्रबार मात्रै सुनुवाईका लागि पालो आउने सम्भावना छ ।

बुधबार र शुक्रबार सर्वोच्च अदालतका संवैधानिक इजलास बस्ने भएपनि शुक्रबारमात्रै नयाँ निवेदनको सुनुवाईको पालो पर्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web