मुग्लिन–नारायणघाट सडक खण्ड खुल्यो

भदौ ११, २०७८ मा प्रकाशित | 450 views

काठमाडौँ । पहिरोका कारण हिजो बेलुकीदेखि बन्द भएको मुग्लिन-नारायणघाट सडक खण्ड खुलेको छ ।

मुग्लिन नारायणघाट सडक खण्ड अन्तर्गत सेतीदोभानमा गएको पहिरो हटाएपछि सडक खुलेको हो । सेतीदोभानमा हिजो बेलुकी ८ बजे खसेको पहिरो अघि बिहान सवा ९ बजे हटाइएको हो ।

यस्तै मुग्लिन – नारायणघाट सडकखण्डकै चारकिलोमा भने एकतर्फी मात्रै सडक खुलेको छ । पहिरोका कारण गएरातिदेखि यो खण्ड पनि बन्द थियो । अहिले पहिरो पन्छाएर एकतर्फी बाटो खुलाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web