दौड प्रतियोगिता: किरिश र त्रिपना पहिलो

असार ४, २०७३ मा प्रकाशित | 1097 views

काठमाडौं, असार ४ ।  ओलम्पिक डेको अवसरमा आयोजित दौड प्रतियोगिताको ब्वाइजमा एम्सका किरिश श्रेष्ठ तथा गल्र्समा स्प्रिङ्डेलकी त्रिपना तामाङ शनिबार पहिलो भएका छन् । स्पोर्ट्स फर अल कमिसन तथा नेपाल एथलेटिक्स संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको ब्वाइजमा अनमोल ज्योतिका सविन मगर दोश्रो तथा एम्सका चूडा मगर तेश्रो भए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको गल्र्समा सिङगेरीकी उपहार राई दोश्रो तथा अरुणिमाकी समिका रन्जितकार तेश्रो भए । विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा १ सय २ ब्वाइजले १ हजार ६ सय मिटर दूरीमा प्रतिस्पर्धा गरेका थिए । त्यस्तै ७२ गल्र्सले ८ सय मिटर दूरीमा भाग लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web