कास्की । १७ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेका आरोपीलाई १३ महिनापछि पक्राउ गर्न कास्की प्रहरी सफल भएको छ । कास्कीको मादी गाउँपालिका वडा नं ९ सिप्लिवेशी घर भई सोही गाँउपालिकाको वडा नं १० मकै खोला स्थित मामाको घरमा बस्ने १७ वर्षीया कोपिला परियारको बलात्कारपछि हत्या गरेका आरोपी १३ महिनापछि पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा स्याङजा हरिनास गाउँपालिका वडा नं. ६ चालिसे घर भएका ४५ वर्षीय राम बहादुर थापा (मोटे) भनेर चिनिने खड्क बहादुर खवास रहेका कास्की प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए । कास्की प्रहरीले स्याङजा प्रहरीको सहयोगमा पुतलीबजार नगरपालिका ४ शिवमन्दिर चोकवाट पक्राउ गरि कास्की ल्याएको थापाले जानकारी दिए ।
१५ असार २०७७ का दिन घरवाट निस्कीएर अबेरसम्म घर नआएकी परियारको १० दिनपछि मादी ११ मुखियाशेर स्थित पातिघारीमा सडेर किरा परेको अवस्थामा शव फेला परेको थियो । उनको माथिल्लो भागमा कपडा भएपनि कम्मर मुनीको भागमा कपडा नभएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । बलात्कारपछि उनले लगाएको सुरुवालले घाँटी कसेर खवासले हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाई छ ।
घटना अनुसन्धानपछि प्रहरीले हत्या गरेको आरोपमा खवासलाई पक्राउ गरेको हो । त्यस समय मजदुरीका लागि खवास मादी आएका थिए । पक्राउ परेका थापालाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
22.16¡ÆC