नेप्सेका सीईओ साउदद्वारा राजीनामा

भदौ ८, २०७८ मा प्रकाशित | 392 views

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिनुभएको छ ।

सर्वोत्तम सिमेन्टको आईपीओ प्रकरणमा विवादित भएका साउदले अर्थ मन्त्रालय पुगेर राजीनामा दिनुभएको हो । सर्वोत्तम सिमेन्टले बुक विल्डिङमार्फत जारी गर्न लागेको आईपीओमा पहिल्यै शेयर किनेर बजार प्रभावित पार्न खोजेको आरोप साउदमाथि लागेको थियो ।

यो विषयमा छानबिनका लागि अर्थ मन्त्रालयले बनाएको छानबिन समितिले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगाना र नेप्सेका सीईओ साउद पनि दोषी रहेको ठहर गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web