रसुवा । पहिरोले अवरुद्ध बनेको पासाङल्हामु राजमार्ग सञ्चालन भएको छ । धुञ्चे–ठूलोभार्खु सडकखण्डको खोपाङ पाखामा खसेको पहिरो हटाइएपछि राजमार्ग खुलेको रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरप्रसाद ढकालले जानकारी दिए ।
सडक खुलेसँगै सोमबारदेखि रोकिएका दर्जनौं सवारी साधन गन्तव्यतर्फ लागेका छन् । राजमार्ग खुलाउन मंगलबार बिहानैदेखि तीनवटा डोजर परिचालन गरिएको प्रजिअ ढकालले बताए ।
नेपाल चीनबीच व्यापारको एक मात्र राजमार्ग सोमबार दिउँसो साढे १२ बजेतिर पहिरोले अवरुद्ध बनाएको थियो ।
19.8¡ÆC