‘कालिकोटको विकास’लाई दलहरुको साझा एजेन्डा बनाउ : मुख्यमन्त्री शाही

भदौ ८, २०७८ मा प्रकाशित | 369 views

सुर्खेत । कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटको विकासलाई दलहरुको साझा एजेन्डा बनाउनु पर्नेमा जोड दिएका छन् । सोमबार गृह जिल्ला पुगेका मुख्यमन्त्री शाहीले तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै कालिकोटको गरिबी र पछौटेपन सबैको साझा चुनैती रहेको बताए ।

‘हाम्रा सामु यतिबेला ठुला चुनौतिका पहाडहरु ठडिएका छन्, अव बिनासको राजनीति गर्न छाडौं, जिल्लास्थित सम्पुर्ण दलहरुको जिल्लाको विकासलाई साझा एजेन्डा बनाएर जाउँ,’ मुख्यमन्त्री शाहीले भने । उनले कालिकोटबारे चिन्तागर्ने समाजसेवी र अगुवाहरुकोसंग जिल्लाको सम्भावना र भावी योजनाका बारेमा छलफल गर्न जरुरी रहेको समेत उल्लेख गरे ।

‘संस्कार जस्तो छ, परिणाम पनि त्यस्तै आउँछ,’ उनले भने, ‘अव कालिकोट पछाडी पर्नुको कारण अत्म समिक्षा गरेर खोज्ने बेला आएको छ ।’ उनले अघि थपे, ‘कालिकोट कुनै एउटा पार्टी र नेताको हैन्, कालिकोट बनाउँन सबैको साझा प्रतिवद्धता र सहास चाहिन्छ ।’ मुख्यमन्त्री शाहीले जिल्लास्थित जनप्रतिनिधीहरुलाई पनि पार्टी भन्दा माथी उठेर काम गर्न आग्रह समेत गरे ।

प्रदेश सरकारले जिल्लाको विकासका लागी ठुलो मात्रामा बजेट पठाएपनि समयमै काम सम्पन्न गर्न नसक्दा बजेट फिर्ता गएको स्मरण गराउँदै मुख्यमन्त्री शाहीले चालु आर्थिक वर्षमा बजेट सत प्रतिसत कार्यन्वयन गर्न तिर केन्द्रत हुन समेत निर्देश दिए । उनले जिल्लामा हुने अनियमितता रोक्न समेत सरोकारवालाहरुलाई निर्देशन दिए । स्थानिय तहहरु बिच पनि कार्यसम्पादनमा रचनात्मक प्रतिस्पर्धा हुनु जरुरी रहेको मुख्यमन्त्री शाहीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web