फरार अभियुक्त १६ वर्षपछि पक्राउ

भदौ ७, २०७८ मा प्रकाशित | 306 views

बुटवल । दाङमा व्यक्ति हत्याका फरार अभियुक्तलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ ।

०६२ मंसिरमा सामान्य विवादमा घोराही–४ घर भएका डम्बर बुढाथोकीलाई कुटेर हत्या गरेको अयिभोग लागेका ३७ वर्षीय प्रकाश नेपाली पक्राउ परेका हुन् ।

उच्च अदालत तुलसीपुरले २०६७ मा उनलाई ८ वर्ष कैद सजाय गर्ने फैसला गरेको थियो । हत्याको घटनापछि फरार नेपालीलाई गोरखाको अजिरकोटस्थित झ्याल्लाबाट गोरखा प्रहरीसँगको समन्वयमा पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web