रसुवा। नौकुण्ड गाउँपालिका ५ कोलडाडामा पहिरोले घर पुरिँदा एक जना घाइते भएका छन् भने चार जना बेपत्ता भएका छन् । स्थानीय ३६ वर्षीय श्यामबहादुर गलान तामाङको घर पुरिँदा तामाङ घाइते भएका छन् ।
उनी घरबाहिर सुतेको र घाइते अवस्थामा स्थानीयले उद्धार गरि उपचारका लागि नुवाकोट पठाउने तयारी गरिरहेको प्रहरीले जनाएको छ । उनको श्रीमती, दुई छोरी र एक छोरा घरभित्र सुतेको हुँदा अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरिक्षक देवेन्द्र पाण्डेले बताए ।
कृषि सडकको डिल भत्किएर घर पुरिएको जानकारी आएको उनले बताए । घटनाबारे बिहान साढे ५ बजे जानकारी पाए लगत्तै नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीको टोलि अहिले घटनास्थलतर्फ प्रस्थान गरेको उनले बताए । घटनास्थलतर्फ जाने बाटो सबै बिग्रिएकाले कालिकास्थानबाट डोजर लिई बाटो खुलाउँदै घटनास्थलतर्फ गइरहेको उनको भनाई छ ।
19.43¡ÆC