नेपालको पहिलो महिला मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य चयन

भदौ २, २०७८ मा प्रकाशित | 681 views

हेटौडा । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छिन् । उनले बुधबार अबेर बागमती प्रदेशको मुख्यमन्त्रीको शपथ लिएकी हुन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले एमाले संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेका हुन् । पौडेलले दलको नेताबाट राजीनामा दिएपछि शाक्य दलको नेता बनेकी थिइन् । बहुमत प्राप्त दलको नेता शाक्यलाई प्रदेश प्रमुख विष्णु प्रसाईंले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शाक्यले दुईमन्त्री पनि नियुक्त गरेकी छिन् । नुवाकोटका केशवराज पाण्डेलाई यसअघि कायमै रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालय र भौतिक पूर्वाधार विकासमन्त्रीको समेत जिम्मेवारी दिइएको छ भने कृष्ण खनाललाई सामाजिक विकासमन्त्रीको जिम्मेवारी दिइएको छ ।    भूमि व्यवस्था, कृषि तथा सहकारी, उद्योग पर्यटन, वन तथा वातावरण, आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना मन्त्रालय मुख्यमन्त्रीले नै राखेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web