ठाकुर पक्षले मैनबत्ती बालेर मनाए खुशीयाली

भदौ २, २०७८ मा प्रकाशित | 563 views

सप्तरी । निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन परेसँगै महन्थ ठाकुर पक्षका सप्तरीका नेता/कार्यकर्ताहरुले मैनबत्ती बालेर खुशीयाली मनाएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेका महन्थ ठाकुर पक्षले बुधबार नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन परेसँगै सप्तरीका नेता/कार्यकर्ताहरुले खुशीयाली मनाएका हुन् ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै ठाकुर पक्षका नेताहरु जनता समाजवादी लोकतान्त्रिक नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए ।

जिल्ला सदरमुकाम राजविराजस्थित गजेन्द्र चोकमा मैनबत्ती बालेर उनीहरुल खुशीयाली मनाएका हुन् ।

दीप प्रज्वलन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका उपप्रमुख साधना झा, युवा नेता बिनोद यादव, शम्भु यादवसहितका नेताहरु सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web