सवइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

भदौ २, २०७८ मा प्रकाशित | 336 views

काठमाडौँ । घुस लिएको आरोपमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ओखलढुंगामा कार्यरत सवइन्जिनियर राजन पासवानविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिए बापत सेवाग्राहीसँग ३० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार विशेष सूचनाको आधारमा सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थमा उनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको थियो ।

सवइन्जिनियर पासवान सिद्धिचरण नगरपालिका-१ को कार्यालयमा कार्यरत थिए । तेस्रो किस्ताको रकम सिफारिस रोकी दिने भन्दै सेवाग्राहीसँग उक्त रकम लिएको देखिन आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web