लुम्बिनी प्रदेश सभा बैठक स्थगित

भदौ १, २०७८ मा प्रकाशित | 368 views

बुटवल । नेकपा एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ । दिउसो १ बजेका लागि समय तोकिएको बैठक डेढ घण्टा ढिलो साढे २ बजे मात्रै शुरु भएको थियो ।

बैठक शुरु गर्दै सभामुखले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन थालेलगत्तै एमाले सांसदहरु उठेर होहल्ला र नाराबाजी शुरु गरेका थिए । उनीहरुले सांसद अजय शाही र बिमला खत्री वलीलाई पदमुक्त नगरेको भन्दै विरोध जनाएपछि ६ मिनेटमै सभामुखले बैठक स्थगित गरेका हुन् ।

एमालेको अवरोधपछि प्रदेश सभा बैठक भदौ २ गते दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी गराए । शाही र वलीलाई आफ्नो दलका सांसद दावी गर्दै एमालेले उनीहरुलाई पदमुक्त गर्न एमालेले मंगलबार (आज) नै सभामुखलाई पत्र बुझाएको थियो ।

मंगलबारको बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले विशेष सम्बोधन गर्ने,उद्योग, वन तथा वातावरण मन्त्री समेत रहेका मुख्यमन्त्री केसीबाट प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश हुने कार्यसूचि थियो ।

यस्तै प्रदेश मामिला तथा कानून समितिका सभापति दामा कुमारी शर्माबाट प्रदेश पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश हुने कार्यसूचि थियो । दलका सांसदहरुले बोल्ने कार्यसूचि थियो । यस्तै केही विधेयक पेश गर्ने कार्यसूचि पनि थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web