काठमाडौँ । गत एक आर्थिक वर्षमा विद्युत् चुहावट १.९१ प्रतिशतले बढेको छ । आफ्नो वाषिर्कउत्सवका अवसरमा नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष -आव) २०७७/७८ मा विद्युत चुहावट १७.१८ प्रतिशत पुगेकोे छ । जुन आव ७६/७७ को १५.२७ प्रतिशतको तुलनामा १.९१ प्रतिशतले बढी हो ।
आव २०७७/७८ मा प्राधिकरणको जलविद्युत गृहबाट कुल २ अर्व ८१ करोड युनिट विद्युत मात्र उत्पादन भएको छ । जुन अव २०७६/७७ को उत्पादन ३ अर्व २ करोड युनिटको तुलनामा ६.९६ प्रतिशतले घटी हो ।
यस्तै निजी क्षेत्रका विद्युत गृहहरूबाट ३ अर्ब २४ करोड युनिट उत्पादन भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । गत आवको तुलनामा यो परिमाण ८.३६ प्रतिशतले बढी हो ।
आव २०७७/७८ मा २ अर्व ८२ करोड युनिट विद्युत भारतबाट खरिद भएको छ, जुन आव २०७६/७७को तुलनामा ६३.४५ प्रतिशतले बढी हो ।
गत आवमा प्रणालीमा ८ अर्व ८७ करोड ७९ लाख ५० हजार युनिट घन्टा विद्युत उपलब्ध भएको थियो । जुन, आव २०७६/७७को तुलनामा १४.६८ प्रतिशतले बढी होे ।
कूल उपलब्ध ऊर्जा मध्ये प्राधिकरणका विद्युत गृहको योगदान ३१.६६ प्रतिशत रहृयो भने आयातित र निजी क्षेत्रबाट किनिएको विद्युतको योगदान क्रमश ३१.८३ प्रतिशत र ३६.५१ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ ।
आव २०७७/७८ मा कुल विद्युत खपत ७ अर्व ३१ करोड ९० लाख युनिट छ । जुन आव २०७६/७७कोे तुलनामा १२ प्रतिशतले बढी हो । आव २०७७/७८ मा विद्युत चुहावट १७.१८ प्रतिशत पुगेकोे छ, जुन आव ७६/७७ को १५.२७ प्रतिशतको तुलनामा १.९१ प्रतिशतले बढी हो ।
एक वर्षको अवधिमा ग्राहक संख्या७.३७ प्रतिशतले बढेर ४२ लाख २२ हजारबाट ४५ लाख ३० हजार पुगेको छ । सामुदायिक संस्थातर्फका ५ लाख ५० हजार ग्राहक सहित विद्युत उपभोग गर्ने कूल ग्राहकको संख्या ५० लाख ८० हजार पुगेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । हालसम्म कुल ९० प्रतिशत देशको जनसंख्यामा आधारभूत रूपमा ग्रीडको पहुँचसहितको विद्युत पुगेको छ ।
20.87¡ÆC