नेप्से परिसूचक ५.७२ अंकले बढ्यो

साउन ३२, २०७८ मा प्रकाशित | 635 views

काठमाडौँ । शेयर बजार काराेबार मापक नेप्से आज साेमवार सामान्य बढेको छ । नेप्से आज पाँच दशमलव ७२ अङ्कले बढेर तीन हजार एक सय ६० दशमलव शून्य पाँच विन्दुमा पुगेको छ ।

आज व्यापार समूहको शेयर ६५ अङ्कले, विकास बैंक समूहको ७५ अङ्कले, जलविद्युतको ४० अङ्कले, उत्पादन समूहको एक सय ५९, अन्यको चार र माइक्रोफाइनान्स समूहको शेयर ५६ अङ्कले बढेको छ ।

आज कर्णाली विकास बैंक, खानीखाेला हाइड्रो, रिडी हाइड्रो, नेशनल हाइड्रो र जीवन विकास लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । आईसीएफसी फाइनान्सको शेयर भने झन्डै साढे ६ प्रतिशतले घटेको छ ।

आज दुई सय २७ कम्पनीका दुई करोड ८६ लाख कित्ता शेयर १५ अर्ब ९३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको ७४ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web