अफगानिस्तानका राष्ट्रपति घानीले छाडे देश

साउन ३२, २०७८ मा प्रकाशित | 517 views

काठमाडौँ । अफगानिस्तानका राष्ट्रपति अशरफ घानी देश छाडेर भागेको सरकारी अधिकारीहरुले दाबी गरेका छन्।

आन्तरिक मन्त्रालयका एक वरिष्ठ अधिकारीले रोयटर्स समाचार एजेन्सीलाई उनी शरण लिन ताजिकिस्तान पुगेको बताएका छन्।

यता, राष्ट्रपति कार्यालयले भने सुरक्षा कारणले घानीको अवस्थाबारे केही भन्न नसकिने बताएको छ।

आइतबार बिहान घानीले प्रथम महिलासँगै राष्ट्रपति भवनको बगैँचामा समय बिताएको बताइएको छ।

उनले तालिबानसँग सहमति हुन नसके देश छाडेर अर्को मुलुकमा शरण लिन जाने अनुमान गरिँदै आएको थियो।

यता, टोलो न्यूजले घानी ताजिकिस्तानबाट अर्को मुलुकतर्फ जाने बताएको छ।

‘राष्ट्रपति घानी र उहाँका निकट सहयोगीहरुले देश छाडेका छन्। दिउँसो कार्यवाहक रक्षामन्त्री बिस्मिल्लाह मोहम्मदीले संकट समाधानको अधिकार राजनीतिक नेताहरुलाई सुम्पुनु भएको बताउनु भएको थियो,’ समाचारमा लेखिएको छ।

यसैबीच, एक तालिबान अधिकारीले रोयटर्ससँग कुरा गर्दै घानीले देश छोडेकोबारे अनुसन्धान गरिरहेको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web