जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

साउन ३१, २०७८ मा प्रकाशित | 465 views

धनुषा। प्रहरीले करणी, डाँका र हातहतियार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा कमला नगरपालिका-8 स्थित २‍७ वर्षीया शम्भु महरा भन्‍ने शम्भु रबिदास रहेका छन् ।

उनलाई धनुषा जनकपुर उप-महानगरपालिका वडा नं. १६ कपिलेश्वरस्थित रेल्वे लिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीमाथि २०७७ साल असोज २६ गते राति १ बजे धनुषा कमला न.पा. ८ स्थित महिलामाथि जवरजस्ती करणी गरेको प्रहरीको दाबी छ ।

जिल्ला अदालत जनकपुरधाममा पेश भई मुद्दा बिचाराधिन अवस्थामा रहेको र सोही मुद्दामा फरार रहेका थिए ।

डाँका र हातहतियार मुद्दामा पक्राउ परेका फरार प्रतिवादीलाई धनुषा जिल्ला अदालत जनकपुरधाममा पेश गरेको इलाका प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web