सेवा प्रभावकारी बनाउन कार्यसम्पादन सम्झौता

साउन ३०, २०७८ मा प्रकाशित | 463 views

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाको सेवालाई प्रभावकारी, छिटो छरितो तथा पारदर्शी किसिमले सम्पादन गर्नका लागि धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाको सहायक प्रमुख जिल्ला अधिकारी देखि शाखा अधिकृतसम्मका कर्मचारीहरुसंग कार्यसम्पादन सम्झौता गर्नुभएको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाको सेवाप्रति बढेको गुनासो कम गर्नका लागि सम्झौता गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिनुभयो ।

यस सम्झौता अनुसार कार्यसम्पादन नभएको खण्डमा सम्बन्धित अधिकृतमाथि कारबाही गर्न सकिने भएकाले जिल्ला प्रशासन कार्यालय धनुषाको सेवा प्रभावकारी हुने विश्वास गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web