लुम्बिनी प्रदेशसभाको अधिवेशन भदौ १ गते

साउन ३०, २०७८ मा प्रकाशित | 476 views

बुटवल । लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन भदौ १ गते आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते दिउँसो १ बजे अधिवेशन आह्वान गरेका प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

यसअघिको सरकारले असार ३१ गते राति अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएको थियो । त्यसपछि चार दलले तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमागि छलफलका लागि विशेष अधिवेशन माग गरेका थिए ।

तर अविश्वास प्रस्ताव निर्णयार्थ पेश हुनुअघि नै पोखरेलले राजीनामा दिएका थिए । हाल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web