बैंकिङ कसूर मुद्दामा फरार रहेका व्यक्ति पक्राउ

साउन ३०, २०७८ मा प्रकाशित | 385 views

काठमाडौँ । झण्डै तीन करोड रुपैयाँको बैंकिङ कसूर मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पोर्चुगलबाट पक्राउ गरेर नेपाल ल्याएको छ । देव विकास बैंकका काठमाण्डौ र ललितपुरका विभिन्न शाखाबाट सवारी कर्जा शीर्षकमा २ करोड ७१ लाख ७६ हजार रुपैयाँ ऋण लिएका काभ्रेका केदार ढुंगानालाई इन्टरपोलको सहायतामा पोर्चुगलबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ ।

उनले लिएको ऋण नबुझाएपछि धितो राखेका गाडी लिलामीको लागि यातायात कार्यालयमा पत्राचार गर्दा बैंकको नाममा गाडी नै नरहेको देखिएको थियो । अनुसन्धानको क्रममा केदार ढुंगाना समेतले गाडी कर्जा लिने प्रयोजनको लागि बैंकमा पेस गरेका सवारी दर्ता प्रमाण पत्र समेतका कागजातहरु नक्कली पेस गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

ढुंगानालाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद र सात लाख रुपैयाँ जरिबाना सुनाएपछि उनी फरार रहेका थिए । ढुंगानाविरुद्ध अझै १६ वटा मुद्दा विचाराधीन रहेको प्रहरीले जनाएको छ । हिजो पोर्चुगलबाट नेपाल ल्याइएका केदार ढुंगानालाई भोलि अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web