रेडपाण्डाको छालासहित तीन जना पक्राउ

साउन २९, २०७८ मा प्रकाशित | 429 views

कपिलवस्तु । रेडपाण्डाको छालासहित कपिलवस्तुमा तीन जना पक्राउ परेका छन् । प्रहरीले वाणगङ्गा नगरपालिका ४ सिद्धिपुरमा रहेको एक होटलबाट रेड पाण्डाको छाला, पुच्छरसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका ५ शनिश्चरेका २९ वर्षीय खगेन्द्र पुरी, ३२ वर्षीय आशिष जोगी र २६ वर्षीय सौरभ राजवंशी रहेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीले बताउनुभयो । उनीहरूको साथबाट रेडपाण्डाको दुई वटा छाला र पुच्छर बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीन जनालाई बरामद भएको छालासहित प्रहरीले डिभिजन वन कार्यालयमा उपस्थित गराएको छ । उनीहरूमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत मुद्दा चल्ने सहायक वन अधिकृत मदन मोहन शाण्डिल्यले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web