चोरीका मोटरसाइकलसहित दुई जना पक्राउ

साउन २९, २०७८ मा प्रकाशित | 382 views

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट चोरीका चार वटा मोटरसाइकल सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज– ३० प्रसोतिपुर बस्ने २० वर्षीय आकाश यादव र २१ वर्षीय कृष्ण पटेल छन् ।

उनीहरुको साथबाट दुई थान पल्सर मोटरसाइकल, एक/एक थान प्यासन प्रो र आरएक्स यामाहाको मोटरसाइकल बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

दुवै जनाले आफ्नै घर अगाडिको खाली जग्गामा मोटरसाइकल लुकाइछिपाई राखेको अवस्थामा बरामद भएको उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web