वैकल्पिक विधिको परीक्षा माग गर्दै तालाबन्दी

साउन २८, २०७८ मा प्रकाशित | 362 views

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको परीक्षा वैकल्पिक विधिबाट गर्नुपर्ने माग गर्दै आएको सीएसआईटी एसोसिएसन अफ नेपालले विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा. विनिल अर्यालको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

बीएस्सी सीएसआईटी अध्ययनरत विद्यार्थीले वैकल्पिक विधिबाट परीक्षा हुनुपर्ने, कोरोना संक्रमणका कारण गम्भीर अवस्थाका विद्यार्थीलाई अर्को परीक्षा मिति तोकिनुपर्ने माग राखेको महासचिव आशिष गिरीले बताए ।

उनले भने ‘हाम्रा केही साथीहरु कोरोना संक्रमणका कारण गम्भीर विरामी भएका छन् । उनीहरुको लागि छुट्टै मिति तोकिनुपर्छ भन्ने हाम्रो मागलाई बेवास्ता भएपछि ताला लगाउन बाध्य भएका हौं ।’

डिन कार्यलयले छैठौं सेमेष्टरको साउन ३१ बाट, दोस्रो सेमेष्टरको भदौ १६ गतेबाट र चौथो सेमेष्टरको भदौ ३१ बाट हुने परीक्षा तालिका सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web