मालीमा शान्ति सैनिक फेरबदल गरियो

साउन २७, २०७८ मा प्रकाशित | 381 views

काठमाडौँ । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ मालीमा रहेका नेपाली सैनिकको डफ्फा परिवर्तन गरिएको छ ।

मालीमा तैनाथ सातौं डफ्फाको टोलीलाई परिवर्तन गरिएको हो ।

मालीमा प्रमुख सेनानी संगीत पुन नेतृत्वको आठौं डफ्फाको १३९ जनाको टोली पठाइएको छ ।

पुन नेतृत्वको टोली साउन २६ गते नै मिशन इलाका प्रस्थान गरिसकेका छन् ।

यस्तै मालीमा मिशन सकिएको सेनानी निर्मल खड्काको नेतृत्वमा ९७ जना सैनिकहरुको टोली साउन २६ गते नै नेपाल आइपुगेको जंगी अड्डाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web