वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको ज्यालामा ठगी बढ्यो

साउन २७, २०७८ मा प्रकाशित | 349 views

काठमाडौँ । कोरोना महामारीको समयमा वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरूको ज्यालामा चोरी भएको एक अध्ययनले देखाएको छ ।

प्रवासी नेपाली समन्वय समिति पीएनसीसीले महामारीपछि फर्किएका श्रमिकहरूले गरेको गुनासोको आधारमा गरेको अध्ययनले महामारीको समयमा फर्किएका श्रमिकहरूको ज्यालामा ठगी भएको पाइएको हो ।

महामारीको समयमा स्वदेश फर्किएर समितिको सम्पर्कमा पुगेका ७ सय ३० जना श्रमिकको ज्यालामा ठगी भएको समितिले जनाएको छ । समितिका अनुसार ७३० जना श्रमिकले काम गरेबापत पाउनु पर्ने ३ करोड ९८ लाख ३५ हजार ६३२ रुपैयाँ ज्याला छाडेर फर्किएका छन् । उनीहरूलाई रोजगारदाताले नै काम गरे बापतको तलब नदिई फर्काएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web