माओवादीलाई भारी भयो माओवाद

साउन २५, २०७८ मा प्रकाशित | 490 views

काठमाडौँ । सर्वोच्च अदालतको फैसलाबाट पुनर्स्थापना भएको पाँच महीनापछि नेकपा माओवादी केन्द्र संगठन निर्माणको रणनीतिक प्रस्ताव सहित अगाडि बढेको छ । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन भएर पुनर्स्थापित माओवादीले पार्टी संरचनालाई समावेशी र युवामैत्री बनाउने नीति लिएको देखिन्छ । त्यसका निम्ति पार्टीका सबै संरचनामा महिला ३५ प्रतिशत, दलित १५ प्रतिशत र ४० वर्ष मुनिका युवाको सहभागिता ३० प्रतिशत अनिवार्य गरेको छ ।

यसपटक पार्टी संरचनामा रहने सदस्य संख्या समेत निर्धारण गरिएको छ । साउनभित्रै सबै वडा (६ हजार ७४३ वडा) संरचना निर्माण गरी पार्टी मुख्यालयमा विवरण पठाउन १८ साउनमा जारी सर्कुलरमा अधिकतम सदस्य संख्या प्रष्ट तोकिएको छ । त्यो सर्कुलर अनुसार, महानगरका वडामा ४५ जना, उपमहानगरका वडामा ३५ जना, नगर/गाउँका वडामा २९ जना, टोल कमिटीमा १९ जना र पार्टी सेलमा १५ जनाभन्दा बढी राख्न पाइने छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web