त्रिविको हाल सञ्चालित कुनै पनि परीक्षा नरोकिने

साउन २४, २०७८ मा प्रकाशित | 406 views

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेका कुनै पनि परीक्षा नरोकिने बताएको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले हाल सञ्चालन भइरहेको परीक्षामा विद्यार्थी संख्या थोरै भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।

‘अहिले सञ्चालन भइरहेको परीक्षामा विद्यार्थी संख्या थोरै भएकोले नियमित गर्ने र अब हुने परीक्षाहरु भने स्थिति अनुसार विकल्पमा जान सक्ने गरी निर्णय गरेका छौं’ उनले  भने ।

त्रिविले सञ्चालन गरिरहेको वार्षिक परीक्षाहरु साउन २९ गते र सेमेष्टर प्रणालीका परीक्षा भदौ ५ गते सकिँदैछ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कक्षा १२ को परीक्षा स्थगित गरिएको छ भने अन्य परीक्षाहरु पनि रोक्नुपर्ने आवाज उठेको छ ।

तर त्रिविले भने धेरै विद्यार्थीको परीक्षा सकिइसकेको र बाँकी परीक्षा दिने विद्यार्थीको संख्या कम भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा दिँदा जोखिम नहुने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web