जिप दुर्घटनामा चालकको मृत्यु, चार घाइते

साउन २४, २०७८ मा प्रकाशित | 357 views

मकवानपुर । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको ना१ज २११४ नम्बरको जिप इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा आइतबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । मृत्यु हुनेमा जिप चालक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते हुनेमा भारत विहारका १४ वर्षीय रोनक कुमार, १७ वर्षीय शंकर कुमार, २० वर्षीय विशाल कुमार र १८ वर्षीय शिवशक्ति कुमार छन् । घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको र तीमध्ये शिवशक्तिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web