गृहमन्त्री खाण र चिनियाँ राजदूतबीच भेटवार्ता

साउन २४, २०७८ मा प्रकाशित | 334 views

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन् ।

सिंहदरवारस्थित गृह मन्त्रालयमा राजदूत यान्छीले गृहमन्त्री खाणसँग भेट गरेकी हुन् ।

भेटमा यान्छीले सरकारको सफलताको शुभकामना दिएकी छिन् भने नेपाल-चीन मित्रतालाई थप उचाइमा पुर्‍याउन चाहेको उल्लेख गरेकी थिइन् ।

यसका साथै गृहमन्त्री खाणले पनि चीन सरकारले कोरोना खोप उपलब्ध गराएकोमा धन्यवाद दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web