ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु

साउन २४, २०७८ मा प्रकाशित | 270 views

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ६ कठौनामा ट्याङ्करको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा बाराको आदर्श कोतवाल गाउँपालिका–३ की ६५ वर्षीया मलादेवी गिरीको ज्यान गएको हो । ना ४ ख २८०० नम्बरको बसबाट ओर्लिएर सडक पार गर्दै गर्दा गिरीलाई ना ४ ख २४४१ नम्बरको ट्याङ्करले ठक्कर दिएको थियो ।

ट्याङ्कर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web