चीन उछिन्दै अमेरिका शीर्ष स्थानमा

साउन २४, २०७८ मा प्रकाशित | 371 views

काठमाडौँ । टोकियो ओलम्पिकको पदक तालिकामा चीनलाई अमेरिकाले उछिनेको छ । अमेरिका ३८ स्वर्णसहित ११० पदकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

दोस्रो स्थानमा धकेलिएको चीनले पनि ३८ स्वर्ण नै जितेको छ । चीनले अहिलेसम्म ३८ स्वर्णसहित ८७ पदक जितेको छ । यसैगरी आयोजक देश जापान २७ स्वर्णसहित ५८ पदकका साथ तेस्रो स्थानमा छ ।

बेलायत २१ स्वर्णसहित तालिकाको चौथो स्थानमा रहँदा रसियन ओलम्पिक कमिटी २० स्वर्णसहित पाँचौँ स्थानमा छ ।

गएको ८ गते उद्घाटन भएको ३२ औं ग्रीष्मकालीन ओलम्पिक आज सकिँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web