सर्लाही । सर्लाहीको हरिवन नगरपालिका-९ मारहेको एक माछा पोखरीमा माछाका भुरा मरेका छन् ।
जय सन्तोषी कृषि महिला समूहले एक महिना अघिमात्र त्यस पोखरीमा चार लाख रुपैयाँ बराबरको माछाका भुरा छोडेको हरिवन नगरपालिका-९ का वडाध्यक्ष सीताराम पोखरेलले जानकारी दिनुभयो । करिब १५ कठ्ठा क्षेत्रफलमा फैलिएको पोखरीमा ग्रासकाट, सिल्भर, रोहु, भकुरा जातका माछापालन हुँदै आएको थियोे ।
पोखरीमा धेरै माछा र घामले पानी तातिरहेको कारण अक्सिजनकाे मात्र कम भएर उन्नत जातको माछा मरेको हुनसक्ने उहाँले बताउनुभयो । पोखरीमा रहेका अरु स्थानीय जातका माछा, सर्प तथा अन्य कुनै जीवजन्तु भने मरेका छैनन् । स्थानीयले शनिबार दिउँसो पोखरीमा माछा मरेको देखेका थिए ।
त्यस पोखरीमा तीन वर्षदेखि स्थानीय महिला समूहले उन्नत जातको माछापालन गर्दै आएकाे थियाे । तयारी अवस्थाका र भुरा माछा गरि करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको सन्तोषी कृषि महिला समूहले जनाएकाे छ। मरेका माछा र पोखरीको पानी परीक्षणका लागि ल्याबमा पठाइसकेको छ ।
19.96¡ÆC